मेसी घाईते, तीन हप्ता खेल्न नसक्ने

446
  •  
  •  
  •  

photo : bbc
photo : bbc

काठमाडौं, ६ असोज (एजेन्सी) : बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाईते भएपछि कम्तिमा ३ हप्ताका लागि मैदान बाहिर हुने भएका छन् ।

ला लिगा अन्तर्गत बुधबार राति भएको एथ्लेटिको मड्रिड विरुद्वको खेलमा दाहिने खुट्टाको मांशपेशी च्यातिएपछि मेसी ३ हप्ताका लागि मैदान बाहिर हुने भएका हुन् । उनको कम्मर र तिघ्रा बीचको भागमा चोट लागेको छ, भने मांसपेशी तन्किएको छ ।

एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँगको ट्याकलको क्रममा मेसी खेलको ५९ औं मिनेटमा घाईते भएका हुन् ।  उनी बाहिरिएपछि खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।

चोटकै कारण मेसीले यसअघि विश्व कप २०१८ को छनौट अन्तर्गत राष्ट्रिय टिमबाट भेनेजुएलासँगको खेल गुमाएका थिए ।


  •  
  •  
  •