चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रर्दशनमा

596
  •  
  •  
  •  

jhumki filmकाठमाडौं, ६ असोज (ओएनएस) : नेपाली कथानक चलचिच ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘झुम्की’ मा दाङको थारु समुदायको दैनिक जनजीवनको कथा समेटिएको चलचित्रका अपिल विष्टले बताए ।

चलचित्रमा स्थानीय थारु भाषाको समेत प्रयोग गरिएको उनले बताए ।  तत्कालीन माओवादीले युद्धबिराम गरेको समयको कथालाई उठाइएको निर्माण पक्षले बताएको छ ।

रामबाबु गुरुङको कथा रहेको ‘झुम्कि’ मा दयाहाङ राई, रिस्मा गुरुङ, मनोज केसी, भोलाराज श्रेष्ठ, विजय बराल, प्रमोद अधिकारी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन् ।

यस चलचित्रमा निर्देशक विष्टकै लगानी छ । उनले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।
चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत रहेको छ ।


  •  
  •  
  •