प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय

228
  •  
  •  
  •  

mantriparisad

काठमाडौं, १४ भदौ (ओएनएस) : सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुई चरणमा चुनाव गर्ने निर्णय गरेको हो ।

अब दोस्रो चरणको निर्वाचन मंसिर २१ हुने भएको छ । निर्वाचन आयोगको सुझावका आधारमा सरकारले दोस्रो चरणको चुनावको मिति तोकेको हो ।

यसअघि सरकारले दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । योसंगै अब प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिर १० गते पहिलो र २१ गते दोस्रो चरणमा हुने भएको छ । यद्यपि, कुन ठाउँमा कहिले चुनाव गर्ने भन्ने निक्र्योल भने गरिएको छैन ।

बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गरेको छ भने चार जना सचिवको सरुवा समेत गरेको छ । भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय गरिएको छ ।


  •  
  •  
  •