खोटो संकलन गरी राखिएको ठाउँमा आगलागी

१६ लाख रुपैयाँ बराबरको क्षति
858
  •  
  •  
  •  

बझाङ, ३ पुस(ओएनएस) : बझाङमा खोटो संकलन गरेर राखिएको ठाउँमा आगलागी भएको छ ।

दिब्या रोजिन एण्ड टर्पाइन कम्पनीले जयपृथ्वी नगरपालीकाको भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाउँमा एक्कासी आगलागी भएको हो ।  आगलागीमा झण्डै १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा ४६ हजार ७ सय ७४ किलो खोटो जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । जलेको खोटो झण्डै १३ लाख रुपैयाँ बराबरको हो । सोही आगोले जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का लालबहादुर खातीले सञ्चालन गरेको कुखुरा फार्ममा समेत क्षति पुुगेको छ । आगोको रापले ३ सय कुखुरा मरेका छन् ।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी र स्थानीयबासिन्दा र दमकलको सहायतले आगो नियन्त्रणमा आएको छ ।


  •  
  •  
  •