नेयमारको ढाड चर्काउने जुनिगाले मागे माफी

183
  •  
  •  
  •  

काठमाडौं, २३ असार (एजेन्सी) – ब्राजिलका स्टार स्ट्राइकर नेयमारको ढाड चर्काउने कोलम्बियाका डिफेण्डर हुवान जुनिगाले माफी मागेका छन् । क्वाटरफाइनल खेलको क्रममा उनले निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा फउल गर्दा नेयमारको ढाड चर्किएको छ । सोही कारण नेयमारले विश्वकपका बाँकी खेल गुमाएका छन् ।

जुनिगाले इन्ष्ट्राग्राममार्फत आफूले कुनै गलत नियत नराखेको उल्लेख गर्दै नेयमारका लागि विशेष सलाम पठाउन चाहेको बताएका छन् ।
उनले नेयमार छिट्टै स्वस्थ्य भएर खेलमा फर्कने विश्वास व्यक्त गरेका छन् ।

फिफाले घटनाबारे अध्ययन गरिरहेको छ ।


  •  
  •  
  •