मोदीसँग फेसबुकका मालिक जुकरवर्गले चाहेका ५ कुरा…

73
  •  
  •  
  •  

zuckerberg-facebookकाठमाडौ, २३ असोज(एजेन्सी) : सामाजिक सञ्जाल वेबसाइट संस्थापक मार्क जुकरवर्ग अहिले दुई दिने भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्न सक्ने बताइएको छ । जुकरवर्ग ९ र १० अक्टुबरमा भारतमा आयोजित ‘इन्टरनेट डट ओआरजी’ समिटमा भाग लिनका लागि आएका हुन् । यो सम्मेलन इन्टरनेटको प्रसारणलाई बढावा दिनका लागि हुने गर्छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भए उनले के कुरा गर्नेछन् भन्ने विषयमा भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । भेटका क्रममा जुकरवर्गले कस्ता एजेण्डा राख्न सक्छन् भन्ने विषयमा चर्चा भइरहेका छन् । के छन् उनका एजेन्डा…

१. इन्टरनेटको प्रसारणमा साझेदारीः सवा अरब जनसंख्या रहेको भारतमा अबसम्म मात्र १२ प्रतिशत मानिसले मात्र इन्टरनेटको सुविधा प्रयोग गर्ने गरेका छन् । प्रधानमन्त्री मोदी सरकारले आफ्नो कार्यमा इन्टरनेटलाई पनि प्रमुख स्थानमा राखेका छन्, यसले फेसबुकलाई समेत फाइदा हुन्छ । उसले नयाँ प्रयोगकर्ताहरू पाउँछ । यसैले पनि जुकरवर्ग भारतसँग इन्टरनेटको प्रसारणमा साझेदारी गर्ने विषयलाई जुकरवर्गले उठाउने छन् ।

२. शिक्षा र ई-गर्भनेन्सः केही महिना अगाडि आफ्नो भारत भ्रमणमा फेसबुकका सीओओ शेरिल स्याण्डवर्गले कम्पनीका लागि भारतमा निकै धेरै सम्भावनाहरू रहेका छन् । उनले फेसबुक शिक्षा, स्वास्थ्य र केही अन्य क्षेत्रमा सरकारको साथ मिलेर रचनात्मक कार्य गर्न सक्छ । जुकरवर्ग यस एजेण्डालाई पनि पुनः दोहोर्याउन सक्छन् ।

३. ट्याक्स व्यवस्थामा सफाईः भारतमा व्यापार गर्नु अन्तराष्ट्रिय कम्पनीहरूका लागि सहज काम होइन । विश्व बैंक एक प्रतिवेदन अनुसार ‘आसान व्यापार व्यवस्था’ भएका देशहरूको सूचीमा भारत १ सय ३४ स्थानमा रहेको छ । नोकिया र भोडाफोन भारतीय ट्याक्स व्यवस्थासँग लडाई गर्दै आएका छन् र हाल दिल्ली आई हाईकोर्टले फेसबुकमाथी पनि ‘उचित ट्याक्स’ नबुझाएको भन्दै प्रश्न उठाएको थियो ।

४. फेसबुकसँग गोप्य जानकारी मागः सन् २०१३ मा भारतले फेसबुकसँग ६ हजार ८ सय ४३ पटक जानकारी माग गर्ने विश्वको प्रमुख देश हो । गुगलसँग सबैभन्दा बढी जानकारी माग्ने देशको सूचीमा भारत पाँचौ स्थानमा रहेको छ । प्रविधीको क्षेत्रमा सरकारको क्षमताले देशको विकासमा पनि पर्न सक्छ । जुकरवर्ग यस बारेमा पनि आफ्नो चिन्ता प्रधानमन्त्री मोदीसँग राख्नेछन् ।

५. फेसबुकमा लाइक र कमेन्टका कारण जेलः बितेका केही महिनामा भारतीय आईटी कानूनका अनुसार कयौ फेसबुकका प्रयोगकर्तालाई ‘आपत्तिजनक कमेन्ट’ गरेको वा त्यसलाई लाईक गर्नुलाई जेल जानुपर्ने छ । तर, आपत्तिजनकको परिभाषा स्पष्ट छैन्, यस विषयमा पनि जुकरवर्गले मोदीसँग कुरा गर्नेछन् ।


  •  
  •  
  •  

Comments are closed.