विश्वको सबैभन्दा खतरनाक खेल, गोहीको मुखमा टाउको हालिन्छ…(भिडियोसहित)

409
  •  
  •  
  •  

काठमाडौ, पुस(एजेन्सी) : गोहीको अगाडी जान पनि हामी डराउँछौ कतै गोहीले आक्रमण गरेर हाम्रो ज्यानै नलिओस् । तर, थाइल्याण्डका केही युवा भने गोहीको नजिकै जाने मात्र होइन गोहीको मुखमा आफ्नो टाउको राख्न समेत डराउँदैनन् । उनीहरू आफ्नो टाउको गोहीको मुखमा राखेर एकछिन बस्छन् र निस्किन्छन् । उनीहरूलाई गोहीले केही गर्दैन ।

head-in-crocodiles-mouth1सुन्दा अचम्म लाग्छ तर, यो साँचो हो की ऊनीहरू कत्ति पनि नडराई गोहीको मुखमा टाउको राख्छन् । यस्ता काम गरेर उनीहरूले पैसा कमाउँछन् । उनीहरुले पर्यटकहरुलाई यस्ता स्टन्ट देखाएर मनोरञ्जन प्रदान गर्छन् र त्यसबापत केही रकम लिने गर्छन् । यसलाई विश्वको सबैभन्दा खतरानाक काम भन्ने गरिन्छ । थाइल्याण्डको एक चिडियाखानामा यो काम सन् १९८५ देखी गरिँदै आएको छ ।

head-in-crocodiles-mouth2बैंककको सम्फरन चिडियाखानामा गोहीको मुखमा टाउको छिराउने र उनीहरुलाई चुम्बन गर्ने जस्ता खतरानाक स्टन्ट गर्छन् । उक्त स्टन्टका क्रममा गोहीहरू शान्त देखिन्छन् ।

head-in-crocodiles-mouth3खतरानाक स्टन्टका लागि चिनिएको यो चिडियाखाना ६० एकड क्षेत्रमा फैलिएको छ । यहाँ दिनमा दुईपटक यस्तो स्टन्ट देखाइन्छ । पर्यटकहरूले यस खतरानाक खेल हेर्नका लागि १० पाउण्ड तिर्ने गर्छन् ।


  •  
  •  
  •