प्रतिष्पर्धात्मक खेलमा जिम्बाब्बेद्धारा युएई पराजित

197
  •  
  •  
  •  

काठमाडौ, ७ फागुन(ओएनएस) : विश्वकप अन्तरगत जिम्बाब्बे र संयुक्त अरब इमिरेट्स(युएई)बीचको प्रतिष्पर्धात्मक खेलमा जिम्बाब्बे ४ विकेटले विजयी भएको छ । दक्षिण अफ्रिकाविरूद्धको खेलमा पराजय बेहोरेको जिम्बाब्बेले युएईलाई १२ बल बाँकी रहँदा पराजय चखाउन सफल भयो ।

zimbabweनेल्सनको सेक्सटन ओभलमा २ सय ८६ रनको विजय लक्ष्य पछ्याएको जिम्बाब्बेले ४८ ओभरमा आफ्ना ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । ३ ओभरमा १६ रन आवश्यक भएको अवस्थामा अविजित ७१ रन जोडेका सिन विलियम्सले ४८ औ ओभरको अन्तिम ३ बलमा लगातार ३ चौका प्रहार गर्दै जित दिलाएका थिए । उसका लागि ब्रेडन टेलरले ४७ रन, सिकन्दर राजाले ४६ र क्रिग इरभाइनले ४२ रन जोडेका थिए । यता युएईका लागि मोहम्मद तऊक्विरले २ विकेट लिएका भने मोहम्मद नाभेद, अम्जाद जाभेद, नासिर अजिज र कृष्ण चन्द्रनले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको युएईले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८५ को सम्मानजनक योगफल तयार गरेको थियो । उसका लागि साइमन अनवरले सर्वाधिक ६७ रनको योगदान गरे । यस्तै, खुराम खानले ४५ रन, कृष्ण चन्दनले ३४ रन, स्वप्निल पाटेलले ३२ रन जोडेका थिए । यता जिम्बाब्बेका लागि तेन्दाई चतराले ३ विकेट लिए भने सिन विलियम्स र सोलोमन मिरेले समान २-२ विकेट हात पारेका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच सिन विलियम्स घोषित भए ।


  •  
  •  
  •