सव–ओभरसियरको तलव शून्य रुपैयाँ !

196
  •  
  •  
  •  

महोत्तरी, ९ पुस (ओएनएस) : महोत्तरीको गौशाला नगरपालिकाले करार सेवा अन्तर्गत माग गरेको बोलपत्रमा एक सव–ओभरसियरले सित्तैमा काम गर्ने गरि आवदेश लिएका छन् ।

कार्यालय प्रमुख रामकुमार महतोका अनुसार मंसिर २१ गते सूचना प्रकाशन गरि कम्तिमा पाँच वर्ष काम गरेको अनुभव भएको र सबभन्दा कम तलब कबोल गर्ने योग्यता पुगेका सव–ओभरसियरको माग गरिएको थियो ।

जिल्लाकै औरही गाउँ बिकास समिति वडानं. २ का सम्मी चौधरीले शुन्य तलबमा काम गर्ने आवेदन दिएका हुन् । बोलपत्र दर्ता गराएका १३ जनामध्ये सबैभन्दा कम शून्य र सबैभन्दा बढी २० हजार रुपैया मासिक शर्त राखेका छन् ।

नेपाल सरकारले सव ओभरसियरको लागि १८ हजार ८ सय तलवमान तोकेको अवस्थामा शुन्य तलवको माँग तथा ६ वर्षको अनुभव देखाएपछि पदपूर्ती समिति उप्ठयारोमा परेको छ ।

कार्यालय र पदपूर्ती समितिको सल्लाहमै चौधरीले शून्य रकममा काम गर्ने कुरा बोलपत्रमा उल्लेख गरेको बाँकिका प्रतिस्पर्धीहरुले दाबी गरेका छन् । यसै हप्ताभित्र पदपूर्ती गरिने कार्यालय प्रमुख महतोले बताए ।


  •  
  •  
  •