विश्वकपको प्रारम्भिक टोलीमा परेनन् युवराज, सहवाग र हरभजन

298
  •  
  •  
  •  

cricket-india-wcकाठमाडौ, १८ मंसिर(एजेन्सी) : आईसीसी क्रिकेट विश्वकप २०१५ का लागि भारतले प्रारम्भिक ३० को सूची घोषणा गरेको छ र सोही नामहरूबाट अन्तिम टोलीको छनोट गर्नेछ ।

मुख्य चयनकर्ता सन्दिप पाटिलको अगुवाईमा भएको चयनकर्ताहरूको बैठकले ३० जनाको नाम घोषणा गरेको हो । ३० जनाको नाम घोषणा गर्दा चयनकर्ताहरूले क्रिकेटमा निकै उच्च नाम रहेका र अघिल्लो विश्वकप जिताउन ठुलो भूमिका खेलेका केही खेलाडीलाई समेत ठाऊँ दिइएको छैन् । अघिल्लो विश्वकपमा म्यान अफ दी टुर्नामेन्ट समेत घोषित भएका युवराज सिंहसहित फाइनला हिरो बनेका गौतम गम्भिर, वीरेन्द्र सहवाग, हरभजन सिंह र जाहिर खानलाई चयनकर्ताहरूले टोलीमा ठाऊँ दिएनन् अर्थात् उनीहरुले अब विश्वकप खेल्न पाउनेछैनन् ।

चयनकर्ताहरूले खेलाडी चयन गर्ने खबरले पुरै भारतको ध्यान तानेको थियो । विषेशगरी यी पाँच खेलाडीका प्रशंसकहरूले उनीहरूको नाम पर्छ या पर्दैन भन्नेमा निकै चासो लिएका थिए । उनीहरूको नाम नपरेपछि धैरै प्रशंसकहरू निराश भएको बताइएको छ ।

विश्वकपमा खेल्न पाउनसक्ने खेलाडीहरूको सूची यस्तो छः

महेन्द्र सिंह धोनी, विराट कोह्ली, सुरेश रैना, शिखर धवन, रोहित शर्मा, अजिक्के रहाने, रविन उथप्पा, केदार जाधव, अम्बाती रायधु, मनोज तिवारी, मनीष पाण्डे, रिद्धीमान शाह, संजू सामसन, रवीचन्द्रन आश्विन, परवेज रसूल, करण शर्मा, अमित मिश्रा, रवीन्द्र जडेजा, अक्षर पटेल, इशान्त शर्मा, भुवनेश्वर कुमार, मोहम्मद शमी, उमेश यादव, वरूण आरोन, धवल कुलकर्नी, स्टुअर्ट बिन्नी, मोहित शर्मा, अशोक डिन्डा, कुलदीप यादव र मुरली विजय । 


  •  
  •  
  •