काठमाडाैँमै यी युवतीकाे ठगीधन्दा अचम्मकाे

307
  •  
  •  
  •  

Nepal Live
काठमाडौं, ५ चैत (अाेएनएस) : काठमाडाैँमै एक २७ वर्षीया युवतीले ठगी गर्नलार्इ अचम्मकाे बाटाे राेजेकी छिन्।
मन्जु बुढाथाेकी नाम बताउने काेपिला बाेहराले आफू  सशस्त्र प्रहरी बलको असई हुँ भन्दै विभिन्न महिलाहरु सँग पैसा लिइ ठगी गरेकाे अाराेपमा अाइतबार उनलार्इ  प्रहरीले पक्राउ गरेकाे काठमाडाैँ प्रहरी परिसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।
प्रहरीले उनलार्इ तारकेश्‍वर न.पा-१० लोकतान्त्रिक चोक बाट हिजाे साँझा साढे ७ बजे पक्राउ गरेकाे थियाे। उनले असईको युनिफर्म लगाएर प्रहरीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

उनले राधा शाहीसँग १ लाख ४५ हजार, रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार रुपैयाँ, जुना कुमारी खड्कासँग १२ हजार, मीना सुनुवारसँग १९ हजार रुपैयाँ लिएको खुलेको छ।

अरुलाई भ्रममा पार्न उनले असईकै युनिफर्म लगाएर हिँड्ने गरेको प्रहरीको भनाइ छ।

 


  •  
  •  
  •