ससुरालीमा युवकको हत्या

184
  •  
  •  
  •  

ससुरालीमा आएका एक युवकको हत्या भएको छ।

पर्सा जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी स्थित ससुराली घरमा आएका धोविनी गाउँपालिका घर भएका ३५ बर्षीय उमेश मुखियाको चक्कुले हानेर हत्या भएको छ। साढुभाईले उनको हत्या गरेका हुन्।

जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी बस्ने झुरी मुखियाको घरमा आएका मुखियाको अर्का ज्वाई भारत कठीया मठिया बस्ने बिजुली मुखियाले मंगलबार उमेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

घाइते भएपछि उपचारको लागि पोखरीया अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। के कारणले चक्क् प्रहार भएकाे हाे अहिले सम्म खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ। चक्कु हान्ने बिजुली फरार छन्।


  •  
  •  
  •