युवा संघको समानान्तर भेला स्थगित गर्न एमाले अनुशासन आयोगको ध्यानाकर्षण

207
  •  
  •  
  •  

umlकाठमाडौं, ४ चैत (ओएनएस) : नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले युवा संघले काठमाडौं र हेटौंडामा अलग–अलग भेला बेलाएको भन्दै त्यसलाई स्थगित गराउँन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहाराले बुधबार विज्ञप्ति जारी गर्दै भातृसंगठन युवा संघको नाममा छुट्टाछुट्टै समानान्तर कार्यक्रम हुन लागेको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ , ‘ नेकपा (एमाले) एकताबद्ध भएर संविधान निर्माण लगायतका राष्ट्रिय विषयहरुमा प्रभावकारी भूमिका खेलिरहेको पृष्ठभूमिमा हाम्रो पार्टीको तर्फबाट युवा–आन्दोलनलाई नेतृत्व गर्दै आइरहेको भातृसंगठन युवा संघ, नेपालको नाममा छुट्टाछुट्टै समानान्तर कार्यक्रम हुन लागेको सार्वजनिक खबरप्रति आयोगको ध्यानाकर्षण भएको छ । ’

विज्ञप्तिमा उत्पन्न विवादलाई सच्याई एकताबद्ध हुन अग्रह गर्दै अघि भनिएको छ, ‘ अहिले युवा संघ ‘संस्थापन’ र ‘गैर–संस्थापन’को नाममा विभाजित भएर काठमाडौं र हेटौंडामा अलग–अलग कार्यक्रम आयोजना गर्न पुग्ने कुराले सबैलाई चिन्तित, गम्भीर र दुःखित बनाएको छ । पार्टीका महत्वपूर्ण जनसंगठनमा यसप्रकारको अस्वस्थ स्थिति सृजना भएपछि पार्टीको तत्काल ध्यान जानु जरुरी छ । अतः अविलम्ब दुवै समानान्तर कार्यक्रमलाई स्थगन गराई उचित समाधानका लागि पहल गर्न पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गर्दछौं । ’

युवा संघमा अध्यक्ष निरु पाल र उपाध्यक्ष दिलु घर्तीबीच विवाद बढ्दा असन्तुष्ट पक्षले समानान्तर भेला बोलाएको हो ।

याे पनि पढ्नुहाेस् :- युवा संघका नाममा एमालेमा भाले भीडन्त, नेपाल पक्षको युवा संघले बोलायो महाधिवेशन


  •  
  •  
  •