प्रचण्डले उद्घाटन गरे ‘लाठीधारी युवा दस्ता’

122
  •  
  •  
  •  

काठमाडौँ, २९ माघ (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचान पक्षधर संघीय गठबन्धनले गठन गरेको ‘लाठीधारी’ युवा दस्ताको उद्घाटन गरेका छन् ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रचण्डले ‘पहिचानमा आधारित युवा शक्ति’ नाम दिएको दस्तालाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पहिचान पक्षधर गठबन्धनका तथा आदिबासी जनजाति राष्ट्रिय आन्दोलनका नेता पद्मरत्न तुलाधार लागयका आदिवासी नेताहरुको पनि उपस्थिति थियो ।

पहिचानको विरोधिहरुलाई स्वीकार गर्न दस्ताको गठन गरिएको बताइएको छ । दस्तामा अहिले करिब ६ सय युवा रहेका छन् । १६ देखि २५ वर्षका युवालाई दस्तामा समावेश गरिएको बताइएको छ ।

दस्ताको सार्वजनिक गरेपछि प्रचण्डले पहिचान स्वीकार नगर्नेबिरुद्ध सबै जनतालाई सेना बनाउने पर्ने बताए ।


  •  
  •  
  •