युभेन्टसले पर्मालाई हरायो

109
  •  
  •  
  •  

एजेन्सी । इटालियन सिरी एमा युभेन्टसले पर्मालाई दुई–एक गोल अन्तरले पराजित गरेको छ ।

एलिनाज एरेनामा भएको खेलमा घरेलु टिमका लागि दुवै गोल रोनाल्डोले गरे । ३४ वर्षे रोनाल्डोले खेलको ४३औँ मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि ५८औँ मिनेटमा उनले अर्को गोल गरे ।

पर्माका एन्द्रियस कोर्निलुइसले खेलको ५५औँ मिनेटमा गोल गरे । तर त्यसपछि अरु गोल थप्न नसक्दा पर्मा युभेन्टससँग पराजित बन्न पुग्यो ।

यो जितसँगै युभेन्टसले चार अङ्कको अग्रता लिएको छ । युभेन्टसलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले रेकर्ड पनि बनाएका छन् । पर्माविरुद्धको गोल रोनाल्डोको पछिल्लो सात खेलमा लगातार गोल थियो । उनी सिरी एको सात खेलमा लगातार गोल गर्ने डेविड ट्रेजेग्वेटपछि पहिलो खेलाडी बने ।

ट्रेजेग्वेटले सन् २००५ मा युभेन्टसका लागि लगातार सात खेलमा गोल गरेका थिए । पर्माविरुद्धको दुई गोलसँगै रोनाल्डोले यो सिजनको सिरी ए गोल सङ्ख्या १६ पुर्‍याएका छन् । रोनाल्डो पछिल्लो १४ सिजनमा शीर्ष पाँच युरोपियन लिगमा १५ वा त्योभन्दा गोल गर्ने एकमात्र खेलाडी बनेका छन् ।


  •  
  •  
  •