समाजिक सञ्जाल यूट्युबको मुख्यालयमा गोली चल्यो

391
  •  
  •  
  •  

२१ चैत – समाजिक सञ्जाल यूट्युबको मुख्यालयमा गोली चलेकाे छ।  अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको यूट्यूबको मुख्यालयमा गोली चलेको हाे । एक महिला बन्दुकधारीले गोली चलाउँदा तीनजना घाइते भएका बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका एक पुरुष र दुई महिलाको उपचार भैरहेको छ । आक्रमण गर्ने महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •