अब इन्टरनेट बिना नै युट्युब भिडियो

169
  •  
  •  
  •  

youtube-videoकाठमाडौ, मंसिर(एजेन्सी) : युट्युबले अफलाइन भिडियो भ्युइङ फिचर ल्याएको छ । युट्युबले भारत, फिलिपिन्स र इन्डोनेसियाका एण्ड्रोइड तथा iOS प्रयोगकर्ताहरूलाई एक एप्लिकेशन मार्फत उक्त सुविधा दिने भएको छ ।

कसरी गर्छ काम ?

युट्युबको यो नयाँ सुविधाको मद्धतले प्रयोगकर्ताले अस्थाई रूपले आफ्नो भिडियोहरू स्टोर गर्न सक्छन् र ती भिडियोहरू इन्टरनेटको स्पिड कम हुँदा या इन्टरनेट नहुँदा पनि हेर्न सकिन्छ । भिडियोहरूलाई अफलाइन हेर्नका लागि प्रयोगकर्ताले भिडियो फ्रेमको तल दिइएको अफलाइन आईकन क्लिक गर्नुपर्ने हुन्छ ।

४८ घण्टासम्म हेर्न सकिन्छ भिडियोहरूः

गुगलका अनुसार एक पटक भिडियो अफलाइन प्लेब्याकका लागि दिएपछि यो सुविधा ४८ घण्टासम्म भ्यालिड हुन्छ । अर्थात् प्रयोगकर्ताले बिना इन्टरनेट कनेक्शन उक्त भिडियो मात्र ४८ घण्टासम्म हेर्न सक्छन् । कम्पनीका अनुसार भारतमा टी-सिरिज, सारेगामा र यशराज फिल्म्स जस्ता युट्युब च्यालनका भिडियो अफलाइन हेर्नका लागि लोकप्रिय हुने बताइएको छ ।

कसरी गर्ने डाउनलोड ?

युट्युब एपबाट भिडियोहरू डाउनलोड गर्नका लागि प्रयोगकर्ताहरूले अफलाइन आईकन क्लिक गर्नुका साथै भिडियो क्वालिटी पनि सेलेक्ट गर्नुपर्ने हुन्छ । यसपछि डाउनलोड भिडियोको अप्सन आउँछ । युट्युबका अनुसार भिडियोमा क्लिक र विज्ञापन अफलाइन मोडमा पनि ट्र्याक गरिन्छ ।

सबै भिडियो हेर्न पाइदैन

सबै भिडियो हेर्न पाइँदैनः युट्युबको यो सुविधा मात्र ती भिडियोहरूमा लागू हुन्छ जुन अफलाइन भ्युइङका लागि उपलब्ध गराइन्छ । युट्युबको यो सुविधाबाट राम्रो इन्टरनेट कनेक्शनबिना बफरिङ्ग पनि कम हुन्छ, जसले प्रयोगकर्तालाई भिडियो हेर्नका लागि सहज हुन्छ ।

युट्युबको यो सुविधा अन्य देशमा केही समय पछि दिइने कम्पनीले जनाएको छ ।


  •  
  •  
  •