मलामीसमेत पाइन छोड्यो गाउँमा

150
  •  
  •  
  •  

काठमाडौं २१ पुस ।  बाजुरा साप्पाटा–७ वामनथानका ६० वर्षीय सर्प न्यौपानेको एक साताअघि चिसोका कारण मृत्यु भयो। मलामी जाने मान्छे खोज्न गाँउभरि डुल्दा पनि मुस्किलले केही पुरुष भेटिए। तर, अधिकांश अशक्त र बुढा मात्रै थिए।

‘गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामीसमेत पाइन छोड्यो, बाई–२ का लालबहादुर शाहीले भने।’ एक वर्षसम्म नियमित खडेरी परेपछि कामका लागि अधिकांश पुरुष भारत गएकाले आजभोलि गाउँमा मलामीसम्म पाउन छाडिएको शाहीले बताए। गाउँघरमा बालीको त कुरै छोडौँ, अननको बिउसमेत पाइँदैन, उनले भने।

केही साताअघि गाउँमा खाद्यान्न सकिएपछि साप्पाटा गाविस फ्यालगाउँबाट सयभन्दा बढी युवा एकै दिन भारत गएका थिए। गाउँबाट हिजोआज पनि हरेक दिन १० देखि १५ जना भारत गइरहेका छन्। गाउँमा विकास निर्माणका योजना आए काम गर्ने मानिस पनि नभएको स्थानीय बल बुढाले वताए।
राजधानीबाट


  •  
  •  
  •