युवालाई स्वरोजगार बनाउन ५० करोडको कोष

173
  •  
  •  
  •  

youthकाठमाडौं २२ चैत (ओएनएस) : युवालाई रोजगारी दिन सरकारले नयाँ कोष स्थापना गर्ने भएको छ । ५० करोड रुपैंयाँको नयाँ कोष खडा गर्ने र त्यसबाटै युवालाई लक्षित गरेर स्वरोजागारका कार्यक्रम ल्याउने तयारी गरेको छ । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाटै पारित गर्ने गरि नयाँ कोष स्थापना हुनेछ ।

उद्योगमन्त्री महेश बस्नेतले रु ५० करोडको ‘नवीन विचार कोष’ खडा गर्ने गरि प्रस्ताव तयार भइरहेको बताए । उनले अबको दुई हप्तामा त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउने गरि तयारी भइरहेको पनि बताए । ‘युवाहरुलाई उद्यमी बनाउन हामी नयाँ नयाँ उपाय खोजिरहेका छौं’ मन्त्री बस्नेतले ओएनएससँग भने, ‘त्यसै क्रममा नवीन विचार कोषको अवधारणा ल्याइएको हो । ’

उनले ५० करोडको उक्त कोषबाट सुरुमा १५ हजार युवालाई स्वरोजगार बनाउने पहिलो लक्ष्य रहेको बताए । त्यसलाई गुणनात्मक हिसाव गर्दा ६० हजारले रोजगार पाउने उनको दावी छ । युवालाई नै लक्षित गरेर नयाँ उद्योग नीति बनाउन विज्ञ र सरोकारवालासँग आवश्यक परामर्श भइरहेको पनि उनले बताए ।


  •  
  •  
  •