संविधानसभाको बैठक सुरु गर्न युवा सभासदको दबाब

246
  •  
  •  
  •  

काठमाडौ, ५ माघ(ओएनएस) : कांग्रेस एमालेका सभासद्हरुले संविधानसभा भवनभित्रै विरोध प्रदर्शन र दवाबको काम थालेका छन् । शीर्ष नेताहरु बैठक बसिरहेका बेला छिटो सहमति गर्न भन्दै नेताहरुले दबाव दिएका छन् ।

शीर्ष नेताहरुको बैठक संविधानसभाको हलमा बसिरहेको छ । सभासदहरुले संविधानसभा बैठक बोलाउन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दबाव दिएका छन् ।

१ बजे बोलाएको बैठक साँझ ६ बजेसम्म पनि नबसेपछि सत्तारुढ दलका युवा सभासदले सभाध्यक्षलाई बैठक बोलाउन दवाब दिएको कांग्रेस सभासद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सभासदहरु शीर्ष नेताहरुकै बैडकमा पुगेपछि प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा र केपी ओलीले सभासद्हरुलाई सम्झाएका थिए ।

बैठकमा रहनु भएका सभाध्यक्ष नेम्वाङलाई बैठक बोलाउन माग गरेपछि नेम्वाङले रातिसम्म भएपनि बैठक बोलाउनु बताउनुभएको छ ।


  •  
  •  
  •