युवा सभासदले भने : पुस २९ सम्म सहमति नगरे जीवन–मरणको आन्दोलन

561
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस)  : संविधान जारी गर्नको लागि दबाब दिन संगठित भएका सत्तापक्षका युवा सभासदहरुले तोकिएको मिति माघ ८ मा संविधान जारी गर्नको लागि हस्ताक्षर अभियान सुरु गरेका छन् ।

सभासदहरुले संविधानसभाले पुस २९ गतेसम्म सहमति गर्नका दिएको समय सिमामा सहमति नभए प्रक्रियाबाट भएपनि संविधान जारी हुनु पर्ने भन्दै अभियान थालेका हुन् ।

अभियानको नेतृत्व गरेका एमाले सभासद प्रकास ज्वालले नेताहरुलाई सहमतिको गर्ने अन्तिम अवसर भएको बताए । उनले पुस २९ भित्र पनि सहमति नगरे जीवन मरणको आन्दोलन गर्न पनि तयार रहेको बताए ।

ज्वालाको नेतृत्वमा रहेका ७० सभासदहरुले माघ ८ मा संविधान कुनै पनि हातलमा जारी हुनु पर्ने भन्दै अभियान चालएको बताए । काँग्रेसका युवा सभासद रामहरी खतिवडाले सहमतिको लागि धेरै समयको कुसिरहेको भन्दै सहमतिको नाममा संविधान जारी नगर्ने कुराम कुनै पनि हातलमा नमान्ने बताए ।

Youth law maker

भेलमा बोल्दै एमाले सभासद अइन्दकुमार नेम्वाङले माघ ८ मा संविधान जारी गर्न जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको बताए । यसअघि युवा सभासदहरुले तोकिएको मितिमा संविधान जारी गर्न संविधानसभामा धर्ना, अनसर गर्ने चेतावनी दिइसकेका छन् ।

शीर्ष नेतृत्वले सहमति गर्ने भन्दै धेरै पनि विवादमा अल्झिएपछि युवा सभासदहरुले दबाब अभियान सुरु गरेका हुन् । दलहरुबीच राज्य पुनःसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीमा कुरा मिल्न नसक्दा संविधान निर्माण प्रक्रिया रोकिएको छ ।


  •  
  •  
  •