समाजवादी फोरमले बनाएको मञ्चमा आगजनी

152
  •  
  •  
  •  

youth fire on morcha stage1सप्तरी, ११ मंसिर(ओएनएस) : संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित संयुक्त मधेसी मोर्चाका नेताहरूले सम्बोधन गर्न बनाइएको मञ्च इटहरीका स्थानीय युवाहरूले जलाएका छन् ।

संयुक्त मधेस एक प्रदेशको पक्षमा आफूहरू नरहेको र झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा गाँभ्न पाइदैन भन्दै युवाहरुले इटहरीको पश्चिमलाईनमा रहेको खेती खोलानजिक बनाइएको मञ्च जलाएका हुन् ।

youth fire on morcha stageकार्यक्रमलाई सम्बोधन गर्न उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत आउने कार्यक्रम तय भएको थियो । इटहरीको अवस्थालाई ख्याल गरेर प्रहरीले इटहरी चोकभन्दा पश्चिम राजेन्द्र महतो बाहेकको कार्यक्रममा गर्न सुरक्षा दिन सक्ने बताए पनि युवाहरुले मञ्च जलाएपछि कार्यक्रम हुने नहुने अन्यौल भएको छ ।

मञ्च जलाइएको बारे आयोजकले वाक स्वतन्त्रताको हनन् भएको जनाएको छ ।


  •  
  •  
  •