मोबाइलको ब्याट्री पड्किँदा युवकको ज्यान चट्

583
  •  
  •  
  •  

mobile-blastकाठमाडौ, २२ माघ(एजेन्सी) : भारतको इलाहाबाद जिल्लाको गढवा अखैराजपुर गाउँमा बुधबार दिउँसो मोवाइल चार्ज गर्नको लागि प्लगमा जोड्ने बित्तिकै पड्किँदा एक युवकको ज्यान गएको छ । ब्याट्री पड्किँदा घाइते भएका ती युवकलाई अस्पताल पुर्याइएपनि उनलाई बचाउन भने नसकिएको समाचारहरूमा जनाइएको छ ।

ती युवक आफ्ना दाईको ससुरालीमा बिरामी भएको बच्चालाई हेर्नका लागि गएका थिए, सोही समयमा मोबाइल चार्ज गर्न खोज्दा मोबाइल पड्केपछि उनी गम्भिर घाइते भएका थिए ।

होलागढ क्षेत्रमा हंसराजपुर गाँऊ निवासी दुखीराम सरोजका २२ वर्षीय छोरा सतपाल मजदूरी गरेर आफ्नो गुजारा गर्ने गर्थे । गढवा दुखीरामको एउटा छोराको विवाह गढवा अखैराजपुरको गाऊँमा तीर्थ सरोजकहाँ भएको थियो ।

उनका सम्धी तीर्थको ६ वर्षका छोरा बिरामी थिए । बुधबार सतपाल उसलाई भेट्नका लागि गएका थिए । दिँउसो करिब १ बजे उनले मोवाइल चार्ज गर्नका चार्जर प्लगमा जोडेर स्विच अन गर्नेबित्तिकै मोबाइलको ब्याट्रि पड्किएको थियो । सतपाल ब्याट्री पड्किएपछि बेहोस भएर ढलेका थिए ।


  •  
  •  
  •