भूकम्प पीडित सहयोगार्थ क्वाटर फाईनलका आजबाट

364
  •  
  •  
  •  

कञ्चनपुर, ३२ जेठ(ओएनएस) : भूकम्पपीडित सहयोगार्थ महेन्द्रनगरमा जारी युथ कप डे नाईट क्रिकेट प्रतियोगिता २०१५ को क्वाटरफाईनल खेलहरू आजबाट हुने भएका छन् ।

हिमालयन क्रिकेट एकेडेमीको खेल मैदानमा बेलुका ५ बजेपछी हुने पहिलो खेलमा आयोजक युथ क्लब र जीपीएस डीजे भिड्ने भएका छन् ।

mahendranagar cricketयुथ क्लब समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाईनल प्रवेश गरेको हो भने जी पी एस डिजे समुह चरणमा दुई खेलमा जित र एक खेलमा पराजित हुदै समुह सी को उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

यस्तै, साँझ ७ बजेपछी हुने दोस्रो क्वाटरफाईनल खेलमा भागेश्वरी ईलेवन र भुवनेश्वरी विद्या मन्दिर आमने सामने हुने भएका छन् । भागेश्वरी ईलेवन समुह ‘सी’ को विजेता बन्दै क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने भुवनेश्वरी विद्या मन्दिर समुह ‘ए’को उपविजेता बन्दै क्वाटरफाईनल पुगेको हो ।

युथ क्लब अफ महाकालीले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्धितीयलाई २० हजार प्रमाण पत्र सहित ट्रफी दिईने युथ क्लबका संयोजक कमलराज चटौतले जानकारी दिएका छन् ।


  •  
  •  
  •