युरो छनोट : स्पेनले नर्वेलाई २–१ ले पराजित

72
  •  
  •  
  •  

एजेन्सी : युरो छनोटअन्तर्गत समूह ‘एफ’ को खेलमा स्पेनले नर्वेलाई २–१ ले पराजित गरेको छ ।

खेलको १६ औं मिनेटमा रोड्रीगो मोरेनोले स्पेनलाई अग्रता दिलाएका हुन् । तर ६५ औं मिनेटमा नर्वेका लागि जोशुआ किंगले पेनाल्टीमा गोल फर्काएका थिए । त्यसको ५ मिनेटमै स्पेनले पनि पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान रामोसले पनेन्का पेनाल्टी प्रहार गर्दै जारि सिजनको १६ औं गोल प्रहार गरे । रामोसले यसै सिजन मात्र १० गोल पेनाल्टीमा गरेका छन् । उनले आफ्नो करिअरमा ९० गोल पु¥याएका छन् ।

सन् १९६४, २००८ र २०१२ मा युरो कप जितेको स्पेनले खेल अवधिभर बल पोसेसनमा पकड बनाएपनि गोल गर्न भने सकेन । चेल्सीबाट एटलेटिको म्याड्रिड पुगेका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए ।

समूहकै अन्य खेलमा माल्टाले फारो आईल्याण्डलाई २–१ तथा स्विडेनले रोमानियालाई २–१ ले नै पराजित गरे । तीनै विजयी टोली ३–३ अंक लिएर समूहको शीर्ष स्थानमा रहेका छन् ।


  •  
  •  
  •