१९ वर्षको उमेरमा क्रिकेटबाट सन्यास

169
  •  
  •  
  •  

barne-gibsonकाठमाडौ, २३ चैत(एजेन्सी) : बेलायतमा फर्स्ट क्लास क्रिकेट खेल्ने एक क्रिकेटरले मात्र १९ वर्षको उमेरमा खेलबाट सन्यास लिएका छन् ।

योर्कशायर एकेडेमीका खेलाडी १९ वर्षीय बर्नी गिब्सनले आफ्नो सम्झौता रद्ध गरिदिएका छन् । उनी उक्त सम्झौता रद्ध गरेपछि अन्य क्षेत्रमा आफ्नो करिअरलाई अगाडि बढाउनका लागि सम्भावनाको खोजी गरिरहेका छन् । विकेटकिपर गिब्सनको मात्र १५ वर्ष २७ दिनको हुँदा डरहम विश्वविद्यालयविरूद्धको आफ्नो पहिलो खेल खेलेका थिए । योर्कसायरबाट बर्नीको त्यो खेलनै पहिलो अन्तिम थियो ।

बर्नीले उक्त खेल खेल्नका लागि विद्यालयबाट छुट्टी पाएका थिए । उनलाई उक्त खेल खेल्नका लागि विज्ञान, गणित र धार्मिक शिक्षाको कक्षाबाट बिदा पाएका थिए ।

योभन्दा पहिले उनले फुटबल च्यापियनसिपको टोली लीड्स युनाइटेडमा गोलकिपरको रूपमा ४ वर्ष बिताएका थिए । गिब्सनले क्रिकेटबाट सन्यास लिएपछि भने, ‘यो फैसला लिन निकै गाह्रो थियो ।’

बर्नीले योर्कशायरका खेलाडी र कर्मचारीलाई धन्यवाद दिँदै भनेका छन्, ‘११ वर्षको उमेरदेखी यो क्लबसँग जोडिएको छु, तर अब मलाई करिअरमा परिवर्तन गर्नेतर्फ ध्यान दिनुछ ।’

क्रिकेट डेभलपमन्टको काउन्टी डायरेक्टर इयान ड्युजले भने, ‘क्लबसँग जोडिएका सबै मानिसले बर्नीलाई शुभकामना दिएका छन् । यो पूर्ण रूपमा बर्नीको निर्णय हो, हामीलाई लाग्छ बर्नीको जीवनको आगामी दिनहरू सफलताले भरिएको हुनेछ ।’


  •  
  •  
  •