काठमाडौं, २० असार (ओएनएस) । एमालेको नवौं महाधिवेशनमा अधिकांश युवाले पुस्तान्तरणका लागि उम्मेदवारी दिएको बताएका छन् । नेतृत्वमा युवा पुस्ताको वर्चस्व भए जस्तोसुकै चुनौतिको सामना गर्न सकिने भन्दै उनीहरुले नेतृत्वमा युवाको वर्चश्व कायम हुने दाबी गरेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका एमालेका केही युवासँग ओएनएसले गरेको कुराकानी ।
यज्ञराज सुनुवार
अब नेतृत्व पुस्तान्तरण हुनुपर्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ र पुस्तान्तरणको लागि मेरो उम्मेदवार हो । अर्को कुरा एमालेका अगाडिको चुनौतिको सामना गर्नपनि अबको नेतृत्व युवापुस्ताले गर्न पाउनुपर्छ । नेतृत्वमा बसेर चुनौतिको सामना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । मुलुकमा विभिन्न चरणमा भएको आन्दोलन र आन्दोलनमार्फत हासिल गरिएको उपलब्धी रक्षा गर्न नेकपा एमालेलाई विभिन्न गुट र उपगुटबाट मुक्त पार्न मरो उम्मेदवारी परेको हो ।
योगेन्द्र शाही
पार्टी आन्दोलनमा लागेको निकै समय भयो । म विद्यार्थी, युवा आन्दोलनमा सक्रिय भएको व्यक्ति हो । अब पार्टीमा युवा शक्तिको उदय हुनुपर्छ भन्ने मेरो धारणा छ । युवाको नेतृत्वमा नै मुलुकले आर्थिक क्रान्ति पुरा गर्न सक्छ । नेपालमा अहिले राजनीतिक क्रान्ति करिब करिब पुरा भएको अवस्था छ । पार्टीमा योग्य र क्षमतावान व्यक्तिको नेतृत्व आवश्यक छ । पार्टीलाई सही दिशा दिन र सक्षम रुपले अगाडि बढाउनका लागि पनि मेरो उम्मेदवारी परेको हो ।
ठाकुर गैरे
मुख्य रुपमा नेपालको सामाजिक सद्भावसहितको राष्ट्र निर्माण गर्न मेरो र म जस्ता युवापुस्ताको उम्मेदवारी परेको हो । मुलुकमा विद्यमान बेरोजगारी, अन्याय, अत्याचारको अन्त्य गर्दै सामाजिक न्यायसहितको आर्थिक क्रान्ति गर्न पनि युवाहरुको भुमिका महत्वपूर्ण हुन्छ । हाम्रो मुलुक अब अर्ध सामन्ती वा अर्ध पुजिँवादी छैन् । अर्थात् नेपालमा अब राजनीतिक क्रान्ति पुरा भएको छ । अबको गन्तव्य भनेको आर्थिक क्रान्तिको हो । त्यो लक्ष्य पुरा गर्न युवाहरुको नेतृत्व आवश्यक पर्ने भएका कारण मेरो उम्मेदवारी परेको हो ।
घनश्याम पाण्डे
मुलुकमा राजनीतिक क्रान्ति पुरा भएको छ । अब आर्थिक क्रान्ति गर्नुपर्छ । त्यो आर्थिक क्रान्ति गर्नपनि युवाको भुमिका महत्वपुर्ण हुन्छ । मेरो उम्मेदवारी मुलुकलाई आर्थिक रुपान्तरण गर्नको लागि हो । आर्थिक समृद्धि नभई राजनीतिक क्रान्तिको स्थायित्व नहुने भएका कारण पनि अबको हाम्रो एजेण्डा भनेको आर्थिक समृद्धि हो । आर्थिक समृद्धिको साथ साथै नेपालको प्राकृतिक स्रोतको सदुपयोग गर्दै दिशावोध गर्न मेरो उम्मेदवारी हो ।
आनन्द पोखरेल
म २०३४ साल देखिनै कम्युनिष्ट आन्दोलनमा लागीरहेको छु । म संगका मेरा समकक्षि साथिहरु सबै केन्द्रिय कमिटीको सदस्य हुनुहुन्छ । म विभिन्न कारणले त्यो अवसर बाट बञ्चित छु । त्यसैले ३६ वर्ष देखि निरन्तर पार्टी राजनीतिमा लागेको ब्यक्तिले केन्द्रिय कमिटिको सदस्य पद्मा उमेद्वारी दिनु जायज र स्वभावीक हो । मेरो राजनैतिक ईतिहाँस, पार्टीमा मैले निर्वाह गरेको भूमिका, बैचारिक प्रतिबद्धता, पार्टिलाई दिएको योगदान, र भावि दिनमा पार्टीलाई सही बिचार सहित कुशल नेतृत्व प्रदान गर्नु पर्दछ । देशको ठुलो पार्टि बनाउनुपर्छ । त्यहि मान्यतालाई पार्टी भित्र र पार्टि बाहिर स्थापित गर्न आसन्न नवौं महाधिवेशनमा म आफुलाई केन्दिय कमिटिको सदस्य पदमा उमेद्वारी दिएको हा ।