सत्तारुढ पार्टीका सभासदहरु उत्रिने भए आन्दोलनमा

140
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस (ओएनएस) : तोकिएको मितिमा संविधान जारी गर्नको लागि दबाब दिन सत्तारुढ पार्टीका युवा सभासद्हरुले घेराउ, धर्ना, हस्ताक्षरलगायतका कार्यक्रम गर्ने भएका छन् ।

सिंहदरवारस्थित अर्थ समितिको कार्यलयमा बुधबार भेला भएका सभासद्हरुले संविधान निर्माणका लागि दबाब अभियान’ समूह गठन गरेर निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने सहमति भएको हो ।

भेलाले दलका शिर्ष नेताहरु र सभामुखलाई भेटी निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने, सभासद्बीच छलफल अन्तरक्रिया गर्ने तय गरेको छ ।

पुस २५ गतेभित्र संविधान प्रक्रिया अगाडि नबढे संविधानसभामै सभासद्हरुको बृहत भेला गरी थप आन्दोलन चर्काउने निर्णय भएको छ ।

भेलामा नेपाली काँग्रेसका चन्द्र भण्डारी, गगन थापा, एमालेका प्रकाश ज्वाला, राजन भट्टराई, नेकपा(संयुक्त)का प्रमिला राणा, नेपाल परिवार दलकी मिलन कुमारी राजवंशीलगायत सभासद्को सहभागिता रहेको थियो ।


  •  
  •  
  •