पदाधिकारीका आकांक्षी युवा नेताहरु के भन्छन् ?

75
  •  
  •  
  •  

नेकपा एमाले महाधिवेसनमा अहिले नीति भन्दा नेतृत्वको बहस बढी देखिन्छ । नेता छान्न देखिएका दुई गुट प्यानल सहित नेतृत्व हत्याउने दौडमा छन् । तर प्यानल नै विजयी भए त्यसपछि पार्टीको एउटा ठूलो पक्ति बाहिर रहनेछ । त्यसलाई मध्यनजर गरेर खासै बहस भएको पाइन्न । फरक गुटमा रहेका र अहिले पदाधिकारीमा जान खोजेका युवा नेतृत्वले कसरी लिएको छ । उनीहरुसँगको गरिएको कुराकानीको सारसंक्षेप ।

Raghu-panta

माधव नेपाल अध्यक्ष बने सबै ठीक हुन्छ

रघुजी पन्त

अहिले देखिएका केही कमिकमजोरी महाविधेशनपछि सबै ठिक हुन्छ । महाधिवेशनमा अध्यक्षका प्रत्यासी माधव नेपाल अध्यक्ष बन्नुहुन्छ । अहिलेको देशको आवश्यकता, उहाँको समन्वयकारी भुमिका खेल्नसक्ने खुवी भएका कारण अबको अध्यक्ष माधव नेपाल नै हो । म उहाँको नेतृत्वमा बसेर भुमिका निर्वाह गर्नेछु ।
एमाले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्यक्षको प्रतिवेदन पेश भइसकेको छ । महाविधेशनले पारित गर्ने नीति तथा प्रस्ताव अनुसार नै पार्टीको आगामी दिनको दिशा तय हुन्छ ।

Pradip_Gywali_110709_15-cop_20120827081627आन्तरिक लोकतान्त्रिक अध्यास कमजोर

प्रदीप ज्ञवाली

एमालेको नवौं महाविधेशनमा आन्तरिक लोकतान्त्रिक अभ्यास प्रचुरमात्रामा भएको छ । यद्यपि आन्तरिक लोकतान्त्रिक अध्यास गर्ने क्रममा केही कमीकमजोरीपनि भएका छन् । यसका बाबजुद हामी सहमतिबाटै नेतृत्व चयन गर्ने छौं । यदि त्यसो हुन सकेन भनेपनि लोकतान्त्रिक अभ्यासमार्फत हामी नेतृत्व छान्ने छौं । एमालेको आगामी कार्यदिशा महाविधेशनले तय गर्ने कुरा हो । अध्यक्षको राजनीतिक प्रतिवेदन पेश भएको छ । एमाले लोकतान्त्रिक पार्टी भएको हुनाले सबैकुरा लोकतान्त्रिक अभ्यासबाटै हुन्छन् ।

जसको विचार उसको नेतृत्वyogesh-bhattrai
योगेश भट्टराई

हाम्रो पार्टीमा वैचारिक वहश आठौं महाविधेशनदेखि नै हुँदै आएको थियो । आठौं महाधिवेशनमा हामीले नेपाली समाजको चरित्र, ०६२÷६३ को आन्दोलन र जनताको बहुदलीय जनवादका विषयमा हामीले बहस उठान गरेका थियौं । यो वहश हामीले पार्टीको केन्द्रीय कमिटीको बैठकमा र पार्टी बाहिर पनि वहश चलायौं । नवौं महाधिशनसम्म आईपुग्दा हामीले उठाएका मुद्दा मुख्य रुपमा आएको छ ।
अहिले अब नेपाली समाज सामन्ती रहेन । नेपाली समाज पुँजिवादी भएको छ । ०६२÷६३ को आन्दोलन मार्फत जनक्रान्ति सम्पन्न भएको छ । जवज अहिलेको हाम्रो मार्गदर्शक सिद्धान्त हो । त्यस कारण अबको हाम्रो नीति भनेको आर्थिक क्रान्ति केन्द्रित हुनुपर्छ । राष्ट्रिय पुँजिको निर्माण गर्दै अगाडि बढ्नुपर्छ । यी सबै विषय नवौं महाधिवेशनसम्म आइपुग्दा मुख्य विषयबस्तु भएका छन् ।
जसको विचार उसको नेतृत्व भनेर हामीले यो महाधिवेशनमा विचारलाई कार्यान्वयन गर्नसक्ने नेतृत्व चयन गर्ने पक्षमा हामी छौं । यही क्रममा मेरे पनि उम्मेदवारी परेको छ ।
अहिले एमालेले आन्तरिम लोकतान्त्रिक अभ्याससमेत गर्दैछ । यो लोकतान्त्रिक अभ्यासका क्रममा केही कमी कमजोरीपनि देखिएका छन् । हामीले विचारकै अध्यास गरिरहेका छौं । यो क्रममा केन्दंदेखि गाउँसम्म यो वा त्यो नाममा कार्यकर्त विभाजित बनेका छन् । यसमा आत्तिनुपर्ने अवस्था छैन । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिश्पर्दामा यस्तो देखिएपनि सिंगो राष्ट्रको कुरामा भने एमाले विभाजित छैन । एमालेको एउटै दृष्टिकोण छ । महाविधेशनपछि सिंगो पार्टी एकताबद्ध भएर अगाडि बढ्छ ।


  •  
  •  
  •