हङकङमा दुई सय १० ओटा युट्यूब च्यानल बन्द

290
  •  
  •  
  •  

एजेन्सी । हङकङमा जारी विरोधमा दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द भएको छ ।

गुगलले सो संख्याका युट्यूब च्यानल बन्द गरेको हो ।  आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ ।

यसअघि ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो ।
भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो ।

‘यो हप्ताको सुरुमा समन्वित प्रभाव सञ्चालनबाट बच्नका लागि हामीले गरेको प्रयासलाई प्रभावित पार्न खोज्ने २१० ओटा युट्यूब च्यानललाई बन्द गरिएको छ । ती युट्यूब च्यानलले हङकङमा जारी विरोध झल्किने भिडियोहरु अप्लोड गरेको थिए’, बयानमा भनिएको छ ।

बीबीसीका संवाददाताले गुगलका प्रवक्तालाई ट्वीटरको जस्तै हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने विरुद्धको अभियान हो ? या हङकङ विरोधी आन्दोलनलाई कमजोर गर्ने रणनीति हो ? भनेर सोधेको प्रश्नमा गुगलका प्रवक्ताले केही बोल्न नचाहेको बीबीसीले उल्लेख गरेको छ ।


  •  
  •  
  •