दुईतिर स्क्रिन भएको योटोफोन सार्वजनिक

239
  •  
  •  
  •  

yotophoneकाठमाडौ/मंसिर(एजेन्सी) : रसियन कम्पनी योटा डिभाइसेसको दोस्रो स्मार्टफोन ‘योटोफोन-२’ लण्डनमा सार्वजनिक गरिएको छ । कम्पनीका सिईओ ब्लेड मार्तिनोवले उक्त फोन सार्जजनिक गरेका हुन् ।

योटाफोन विश्वको पहिलो दुई स्क्रिन भएको स्मार्टफोन हो । यो फोनमा एक फ्रन्ट र एक ब्याक स्क्रिन रहेको छ । यसमा ब्याट्रि ब्याकअप पनि निकै राम्रो छ । यसको स्क्रिन घाममा पनि सहजै देखिने गरी बनाइएको छ ।

फ्रन्ट स्क्रिन अन्य स्मार्टफोन जस्तै छ । यसले ईपेपेर डिस्प्ले टच क्यापासिटर रहेकाले यसले प्रयोगकर्ताको आँखाको निकै ख्याल राख्ने कम्पनीले जनाएको छ ।

यो ब्लाक एण्ड व्हाइट डिस्प्लेमा रहेको छ । अघिल्लो वर्ष योटाफोन-१ सार्जनिक गरिएको थियो । अब योटा सिरिजको दोस्रो डिभाइस हार्डवेयर स्पेसिफिकेशन र लुक्सको हिसाबले धेरै राम्रो थियो । योटाफोन-२ को प्रोटोटाइप सबैभन्दा पहिले सन् २०१४ फ्रेबुअरीमा भएको मोबाइल वर्ल्ड कांग्रेसमा देखिएको थियो ।

यस पटक पछाडी पनि स्क्रिनमा टस क्यापासिटर राखिएको छ, जुन पहिलेको मोडेलमा थिएन । फ्रन्ट स्क्रिनमा कुनै पनि डकुमेन्ट वा तस्विर देख्न सकिन्छ । यसलाई ब्ल्याक एण्ड व्हाइट ईपेपर डिस्प्लेमा टोगल गर्न सकिन्छ । यसपछि जे फ्रन्ट स्क्रिनमा देखिन्छ त्यो नै ब्याक स्क्रिनमा देखिन्छ ।

नयाँ योटाफोन पुरानोको तुलनामा धेरै सेन्सेटिभ छ । यो स्क्रिन पेपर, ई बुकर कुनै पनि डकुमेन्ट पढ्नका लागि निकै राम्रो हुन सक्छ । ईपेपर डिस्प्लेले आँखाको ज्यादा नोक्सान पुग्ने छैन् ।

यदी दुवै स्क्रिन प्रयोग गर्नुछ भने टोगल गर्नुपर्छ यसकालागि फ्रन्टको टपमा डिस्प्ले अप्सन भेट्न सकिन्छ । यदी ब्याक स्क्रिनमा काम गर्नुछैन् भने उक्त स्क्रिनलाई लक गर्न पनि सकिन्छ र त्यसमा डाइनामिक वालपेपर प्रयोग गर्न सकिन्छ ।

स्टक रिजल्ट, नोटिफिकेशन, ई-बुक्स, सर्फिङ्ग सबै ई-पेपर डिस्प्लेमा देख्न सकिन्छ र मल्टीमिडियाको लागी फ्रन्ट IPS LCD स्क्रिन रहेको छ । यो फोनको फ्रन्ट स्क्रिन ५ इन्चको एमोलेड स्क्रिन डिस्प्ले हो । फोनको ब्याक स्क्रिन ४.७ इन्चको ई-पेपर डिस्प्ले रहेको छ । यो त्यही डिस्प्ले हो जुन आमरूपमा मार्केटमा रहेका ई-रिडर्स मा उपलब्ध हुन्छ । अन्य फिचरहरू अन्य एण्ड्रोइड स्मार्टफोन जस्तै रहेको छ ।


  •  
  •  
  •