संगीतकार अनु मलिकमाथि थप दुई महिलाले लगाइन् यौन उत्पीडनको आरोप

492
  •  
  •  
  •  

काठमाडौं,४ कार्तिक (एजेन्सी) : संगीतकार अनु मलिकमाथि दुई महिलाले यौन उत्पीडनको आरोप लगाएकी छन्। गायिका सोना महापात्रा र श्वेता पन्डित पछि थप दुई महिलाले संगीतकार मलिकमाथि यौन उत्पीडनको आरोप लगाएकी हुन्।  संगीतकार मलिकमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाकाे संख्या अब चार पुगेकाे भरातीय संचारमाध्यले जनाएका छन्।

मिड डे रिपोर्टका अनुसार यी महिलाहरुले आफ्नो नाम नखुलाई उनीमाथि यौनउत्पीडनको आरोप लगाएकाे बताइएकाे छ ।

रिपोर्ट भएकाे कुरा जस्ताकाे त्यस्तै

अनुले मेरो अगाडि पाइन्ट उतारे

गायनमा आफ्नो करियर बनाउन संघर्षरत यी महिलाले बयानमा भनेकी छिन् –

सन् १९९० को दौरान अनु मलिकलाई म उनको घरमा भेट्न गएको थिएँ ।

उनी सोफामा मेरो छेउमा आएर बसे । त्यतिबेला मलाई लाग्यो, फँसे । किनभने घरमा अरु कोही पनि थिएन ।

उनले मेरो स्कर्ट उठाउन शुरु गरे र आफ्नो पाइन्ट उतारे ।

मैले उनलाई धक्का दिएर भाग्ने सोँचे तर उनी निकै ताकतवर थिए । म त्यो गर्न सक्दिन थिएँ ।

तर, भाग्यवस त्यतिबेला डोरबेल बज्यो ।

अनु मलिकले मलाई यो कुरा कसैलाई नभन्न भने ।

त्यसपछि घर पुर्याउने दौरान पनि अनुले ममाथि यौन दुर्व्यवहार गरे ।

राती साढे आठ बजेतिर उनले सुनसान मैदानमा कार रोके ।

मैले उनलाई ‘तपाईंले यो कहाँ लिएर आउनु भयो ?’ भनेर सोधे ।

तर, उनले आफ्नो पाइन्टको जीप खोले ।

‘मलाई जान दिनुहोस्’ भन्दा पनि उनले मेरो कपाल पक्डेर ममाथि दुर्व्यवहार गरे ।

त्यतिनै बेला त्यहाँ गार्ड आइपुग्यो । र, म ढोका खोलेर भागे ।

अनुले जबर्जस्ती अंगालो हाले

एक अन्य महिलाले आफूसँग घटेको घटना सुनाउँदै भनेकी छिन् –

म अनु मलिकसँग एक स्टुडियोमा भेटेकी थिएँ ।

उनले मलाई अर्को बैठकमा शिफनको साडी लगाएर आउन भने ।

उनले यस दौरान मलाई मेरो ब्वाईफ्रेन्ड नभएको कारण एक्लो महसुस गर्ने गरेको होला भनेर सोधे ।

म त्यहाँबाट जान लाग्दा उनले मलाई जबर्जस्ती अंगालो हाले ।

स्टुडियो साउन्ड प्रुफ भएको कारण मैले कराए पनि कसैले सुन्दैन थियो ।

जब मैले उनलाई धकेलेर ‘के गर्नुभएको यस्तो ?’ भनेर प्रश्न गर्दा उनले आफू संवेदनशील व्यक्ति भएको र आफ्नो पत्नीबाट सुखी रहेको कुरा सुनाए ।

यसैबीच, इन्डियन आइडलको निर्माता कम्पनीका एक पूर्व कर्मचारीले पनि अनुमाथि यस्तै आरोप लगाएकी छिन् ।

न्युयोर्कमा रहेर काम गर्ने ड्यानिका डिसुजाले इन्डियन आइडलको सेटमा नै आफूमाथि यौनदुर्व्यवहार गर्ने गरेको दाबी गरेकी छिन् ।

अनुको यस्तो हर्कतको बारेमा इन्डियन आइडलका शीर्ष तहलाई थाहा भए पनि उनीहरुले मौनता साँधेको पनि उनले आरोप लगाएकी छिन् ।

सन् २०१० मा इन्डियन आइडलसँग आबद्ध भएकी उनले करिब डेढ वर्ष त्यहाँ काम गरेकी थिइन् ।


  •  
  •  
  •