गाउँबाट युवतीहरु ल्यार्इ याैनधन्दामा लगाउने महिलासहित दुर्इ पक्राउ

215
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : गाउँबाट युवतीहरु ल्यार्इ याैनधन्दामा लगाउने महिलासहित दुर्इजनालार्इ प्रहररीले पक्राउ गरेकाे छ। खाजाघरको आवरणमा कोठी चलाएर जबरजस्ती युवतीहरुलार्इ वेश्यावृत्ति धन्दा लगाएकाे आरोपमा प्रहरीले उनीहरुलार्इ पक्राउ गरेको हाे।

नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटल तथा खाजाघरका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले होटलमा काम गर्न भनेर राखेका युवतीहरुलाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाकाे अाधारमा प्रहरीले छापा मार्दा युवतीहरुले जबरजस्ती बेश्यावृत्तिमा लगाएकाे बताएपछि तत्काल उनीहरुलार्इ प्रहरीले पक्राउ
गरी नियन्त्रणमा लिएकाे थियाे।

युवतीहरुको इन्छाबिना नै अपरिचित व्यक्तिहरुसँग सम्बन्ध राख्न लगाउने गरेका थिए। त्यसरी सम्बन्ध राख्न नमान्नेलाई युवतीलाई कुटपिट समेत गर्ने प्रहरीले जनाएको छ।
बेला बेलामा युवतीहरुलाई विभिन्न गेष्ट हाउसमा पठाउने गरेका थिए। एक दिनमा ५÷६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडित युवतीहरुले बताएका छन्।
निम्न आर्थिक अवस्था भएका गाउँका युवतीहरुलाई काम लगाइदिने भन्दै काठमाडौंमा ल्याएर उनीहरुले यस्तो धन्दामा लगाउदै आएका थिए।


  •  
  •  
  •