डेरागरी याैन व्यवसाय चलाएकाे अाराेपमा तीन युवतीसहित ४ जान पक्राउ

575
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): तीन युवतीसहित ४ जनालाई प्रहरीले याैन व्यवसाय चलाएकाे अाराेपमा पक्राउ गरेकाे छ। बिशेष सुचनाको आधारमा बलम्बु प्रहरी प्रभागद्वारा प्रहरी निरीक्षक(इन्सपेक्टर) शर्मिला गुरुङ्गको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढाक्सी भिमराज मिश्रको डेराकोठामा यौन व्यवसाय संचालन गरेकाेले उनीहरुलार्इ प्रकाउ गरेकाे हाे।

पक्राउ पर्नेमा ४१ वर्षीय भिमराज मिश्र, ३८ वर्षीया उषा मल्ल,१८ वर्षीय रमिला मगर र २१ वर्षीय अनिषा गोपाली रहेकी छिन्।

पक्राउ परेका सबैलार्इ अावश्यक कारवाहीकाे लागि महानगरीय प्रहरी बृत्त थानकाेट पठाईएकाे बलम्बु प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर शर्मिला गुरुङ्गले बताइन्।


  •  
  •  
  •