बालकमाथि यौन दुर्वव्यहार बढ्दाे

732
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : बालिका मात्र नभइ बालक पनि यौन दूराचारको शिकार बन्ने गरेका छन्। नेपालमा पर्यटकको रूपमा आएका विदेशी नागरिक तथा नजिककका आफ्न्तबाट नैबालबालिकामाथि याैन दूराचार हुने गरेको छ।

प्रविधिको विकाससँगै अनलाईन, पर्यटक तथा भ्रमण अाएकाहरुबाट बालबालिकामाथि यौन शोषण तथा दुव्यर्वहार बढेकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

विभन्न अनुसन्धानहरु बाट सामाजिक सञ्जालका स्टाटस तथा फोटोबाट पनि बालकमाथि अनलाइन मार्फत हुने याैन यौन दुर्वव्यहारका घटना दिनहुँ बढ्ने गरेको पाइएको छ ।

बाल यौन दुव्र्यवर भनेको १६ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई उनीहरुको इच्छाले वा इच्छा विपरित कुनै बयस्क ब्यक्तिले गर्ने यौनजन्य प्रकृतिका क्रियाकलापहरुलाई बालयौन दुव्र्यहार भनिन्छ।

जस अन्तरगत संवेदनशिल अंग चलाउनु, देखाउनु, छुनु, जबजस्ती एकान्तमा लगेर चुम्बन गर्नु, अस्लिल चित्र, फिल्म पर्दछ।

जस्तै उनीहरूले स्टाटसमा ‘आइएम ह्याप्पी उइथ न्यू फ्रेन्ड, आइएम अलोन इन होम’ स्टाटस राखेको देखेपछि यौन दुराचारीले उनीहरुलाई पछ्याउने र अन्तमा उनीहरुमाथि याैन दुर्वयहार हुने गरेकाे बाल अधिकारको क्षेत्रमा काम गर्दे आएकी कबिता शाहको अनुभव छ । उनका अनुसार त्यस्ता स्टाटसबाट दूराचारीले बालकलाई पछ्याउँदै जाने र शुरुवातीको समयमा माया गरेको भाव झल्कने व्यवहार गर्दछन् ।

विशेषगरी सडक बालक, मनोरञ्जन क्षेत्रमा काम गर्ने बालक यौन दुर्वव्यहारमा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । यो समयमा बालकले पनि मेरो घर परिवारका सदस्य साथीले भन्दा पनि सो व्यक्तिले आफूलाई माया गर्ने गरेको र उसग नै आफू सुरक्षित रहेको महशुष गर्छन । यसरी बालकलाई विश्वासमा लिए सँगसँगै उनीहरुको सम्बन्धले यौन दुराचारको चरणसम्म प्रवेश गरेको हुन्छ।

बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दे आएको संस्था साथसाथका निर्देशक विश्व बज्राचार्यका अनुसार नेपाली समाजमा छोरी(केटी) किशोर अवस्थामा प्रवेश गरे सँगसँगै महिनावारी हुनेदेखि उनकाे उमेरमा आउने परिवर्तनका बारेमा घर परिवारका सदस्यदेखि बिद्यालयमा पनि सिकाउने गरिन्छ। सोही उमेरका छाेरा(केटा)लाई सिकाइदैन । ‘जसले गर्दा बाहिर कहि कतै गएर घर ढिलो फर्कदा या घरबाट बाहिर कहि कतै निस्कदा कहा जाने किन जाने जस्ता कुरा सोधिदैन,’ उनी भन्छन्, ‘किनकी छोरा समाजमा हरेक क्षेत्रमा सुरक्षित हुन्छ भन्ने सोच छ जुन कुरा गतल हो ।’ जनु बालक एवं किशोरमाथि यौनिक दुव्र्यवहारका घटना हुने प्रमुख कारण रहेको उनको ठम्याइ छ । बज्राचार्य पार्क, विद्यालयको होस्टेल अनि बिद्यालय मात्र होइन् घरपरिवारमा नै बालकमाथि पनि यौन दुव्यबहार हुने गर्छ भनेर सचेतना जगाउन जरूरी ठान्छन् ।

प्रहरी निरीक्षक कोपिला चुडाल १८ वर्षमूनिका बालबालिकाको सम्भावित जोखिम न्यूनिकरणका लागि स्कूल र समुदायमा सचेतनामूलक कार्यक्रम हुनुपर्ने बताउँछिन् । ‘पहिले विदेशतिर अनलाइनमार्फत् यौनशोषण, दुव्र्यहार हुने गरेका घटना सुनिन्थे,’ उनी भन्छिन्, ‘अहिले नेपालमा पनि यो समस्या बढ्दो छ।’


  •  
  •  
  •