योजना संकलनमा पैँयूँ ६ सरौखोलाका जनप्रतिनिधि

332
  •  
  •  
  •  

 पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. ६ सरौखोलाका नवनिर्वाचित जनप्रतिनिधि जनताका आवश्यकता बुझ्नका लागि योजना संकलन अभियानमा जुटेका छन् ।

गाउँगाउँ र बस्ती बस्तीमा पुगेर जनताकै मुखबाट त्यहाँका आवश्यकता र सम्भाव्यताबारे बुझ्ने उद्देश्यले सो योजना संकलन अभियान चलाएको वडा अध्यक्ष गंगाधर अधिकारीले बताए । ‘जनतासँग सामूहिक रुपमा योजना माग्दा योजना प्राथमिकता निर्धारणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष अधिकारीले भने ।

संकलित सबै योजनाहरु पहिलो वर्षमै सम्पन्न गर्न नसकेपनि योजनाको प्राथमिकता निर्धारण गरेर क्रमश सम्पन्न गर्दै जाने लक्ष्य वडाले राखेको अध्यक्ष अधिकारीको भनाई छ ।

योजना संकलनका क्रममा गोरेटो बाटो, खानेपानी, बाँदर नियन्त्रण, मोटरबाटोको स्तर उन्नती, सामुदायिक भवन, खेल मैदान, सिँचाई कुलो जस्ता माग बढी मात्रामा जनताले राखेको अधिकारीले बताए ।

नागरिकबाट प्राप्त योजनाहरुलाई पञ्चवर्षीय कार्यक्रम अन्तर्गत वडा, गाउँपालिका, प्रदेश र संघको समन्वय र सहयोगमा सम्पन्न गर्दै लगिने वडा अध्यक्ष अधिकारीले उल्लेख गरे । योजना संकलन सोमबार र मंगलबार गरी दुई दिन सम्म चलेको थियो ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here