आफैँ संक्रमित हुँदा पनि योग गराउन नछाडेका योगिराज

46
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही, बुटबल नगरपालिका अन्र्तगत रहेको लुम्विनी आयुर्वेदिक औषद्यालयका विष्णुहरि आचार्य (योगिराज) ले आफु कोरोना संक्रमित हुँदा पनि आइसोलेसनबाट योग गराउँदै कोरोना संक्रमितको उच्च मनोबल बढाएका छन्।

कोरोना महामारीका कारण लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले सम्भावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षा दिन सुरु गरेका थिए ।

स्वास्थ्यकर्मीहरु समेत जान आनाकानी गर्ने ठाउँहरुमा पुग्ने र आफूले जानेको योग शिक्षा दिँदै डर त्रासमा क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनको भुमिका उल्लेखनीय रहेको छ।

योगिराजले क्वारेन्टाइनहरुको अतिरीक्त कोरोना संक्रमितहरु राखिएकै आइसोलेसन केन्द्रमा समेत योग शिक्षा दिन थाले । जसका कारण संक्रमितलाई उत्साह बढाउने काम भयो ।

आत्मवल दह्रो बनाउने देखि योग शिक्षाले मानिसमा सकरात्मक सन्देश दिने गर्छ । संक्रमितहरु रहेको आइसोलेसन केन्द्रहरुमा संक्रमितहरुलाई दिन बिताउन गाह्रो हुने अवस्थामा योगिराजको योगशिक्षाले उनीहरुको दैनिकी बदलिदियो ।

योगिराजको दैनिक योगले उनीहरुलाई कोरोना जित्न बल पुगेको महशुश भयो जसको फलस्वरुप उनी ती संक्रमितहरुको मनमा वस्न सफल भए ।
कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा खटिरहेकै अवस्थामा योगिराज आफँै कोरोना संक्रमित भए । कोरोना संक्रमित भएपछि उनले आफ्नै निवासमा होम आइसोलेसनमा बस्ने निधो गरेनन्, जसको एउटा कारण थियो योगप्रतिको उनको लगाव ।
उनी जहाँ योग सिकाउँदै आएका थिए त्यही जाने निधो गरे । बुटवल देवीनगर स्थीत एन्फा आइसोलेसन केन्द्रमा उनी गए । संक्रमित हुनुपूर्व त्यही केन्द्रमा सयौं संक्रमितलाई योग शिक्षा दिएका उनी आफै संक्रमित भएपछि यहाँ रहेका संक्रमितहरुसँग २४ घण्टा विताउन थाले ।

उनले आफूले प्रदान गर्दै आएको योग शिक्षामा कमी गरेनन् । झन् बढी समय दिएर दैनिकी बिताए । कोरोना पोजेटिभ भएर आइसोलेसन बस्दा उनले मनोबललाई बलियो र दह्रो बनाउने कला सिकाउने देखि खानपान आहार विहार सम्वन्धी शिक्षा दिने काम जारी राखे ।
आफू संक्रमित हुनु अगाडी योग ध्यानद्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरुलाई मनोपरामर्श दिँदै आएका उनले संक्रमित भएपछि कम्पाउन्ड भित्रै रहेर उनिहरुको मनोबल बढाइरहे ।
आयुर्वेद औषधिका साथै स्थानीय ठाउँमा पाइने रोग प्रतिरोधक जडिबुटीको यथोचित प्रयोगको जानकारीका साथै योग प्रणायाम र ध्यानद्वारा मनोबल वृद्धि गर्ने उनको अभियान जारी छ ।
योग प्रणायाम र ध्यानद्वारा मनमा आएका बेखुसीका लहरहरुलाई हटाउन सकिन्छ ।उनी भन्छन् कोरोनाले आम नागरिकको मन छिया छिया पारेको छ, मनोबलका साथै आत्मबल कमजोर बनाएको छ । यस्तो अवस्थामा योगको माध्यमबाट मनोबललाई बलियो र दह्रो बनाउन सकिन्छ, त्यस किसिमको कला सिकाउन लागि पर्दै आएको छु । नचाउँछौँ हसाउँछौँ आहर बिहार र बिहान देखि बेलुका सम्म फ्रेस हुने वातावरण बनाउँदै उनीहरुको मनोबल वृद्धि गर्दै रोगसंग लड्ने शक्ति वृद्धि गर्ने आँट बढाइदिन्छौँ।


योग शिक्षाले मानिसको दैनिकीमा सकरात्मक प्रभाव पार्ने र शरिर स्वस्थ्य राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन्– आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ । आचार्यले योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउछन् ।
मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने बताउदै भन्छन्– अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी भएकोे छ । योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ । आइसोलेसनमा योग सिकाउँदा सिकाउँदै कोरोना जित्न सफल भएका योगिराज मंगलवारदेखि निवास फर्किएका छन् । बुटबलको एन्फा आइसोलेसनमा ३११ र बुटबलकै कोरीया टेक्नीकल शिक्षालयवाट ३६ जनाले कोरोना जितेका छन् जसमा आयुर्वेद र योगाबाट उपचार गराइएको थियो । आचर्यका अनुसार बुटबल उपमहानगरपालिका र विभिन्न संस्थाहरुको सहयोगबाट उपचार भइरहेको हो ।


  •  
  •  
  •