नेपालले हार्नुहुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं

176
  •  
  •  
  •  

माधव नेपाललाई अध्यक्ष बनाउने भित्री टिमका सदस्य हुन् – योगेश भट्टराई । भट्टराईले सचिबमा जिते तर, नेपाल भने अध्यक्षमा पराजित भए । उनले नेपाल पराजित हुनुको कारण ओएनएसन्युजसँग यसरी खुलाए

एमालेको सचिवमा निर्वाचित हुनुभएकोमा बधाई छ ।

धन्यवाद !

अध्यक्षमा मावध नेपाल पराजित हुनु भएको छ । यो परिणामलाई अपेक्षित रुपमा लिनु भएको छ वा अनपेक्षित रुपमा लिनु भएको छ ?

हामीले मुलुकको आवश्यकता, सिंगो पार्टीको चाहनाअनुसार अध्यक्षमा हामीले माधव नेपाललाई प्रस्ताव गरेका थियौं । तर, परिणाम उहाँको पक्षमा आएन । त्यस कारण पनि निर्वाचन परिणाम अपेक्षित हुने कुरा भएन् । यद्यपि प्रतिनिधिहरूको मतलाई हामीले सम्मान गर्नुपर्छ र सम्मान गरेका छौं ।

तपाई सचिवमा विजय हुनुभयो । तर, तपाईको टोली नेता पराजित हुँदा कस्तो अनुभुति गर्दै हुनुहुन्छ ?

माधव नेपाल पराजित हुनु होला भनेर हामीले सोचेका थिएनौं । उहाँजस्तो भद्र, शालीन र मुलुकलाई चाहिने नेताका रुपमा हामीले लिएका छौं । मुलुकले माधव नेपालको आवश्यकता महशुस गरेको छ । तर, निर्वाचन हो त्यसको परिणामलाई हामीले स्विकार गर्नुपर्छ । स्विकार गरेका पनि छौं ।
माधव नेपालका विरुद्ध सिंगो पार्टी र संयन्त्र नै प्रयोग भएको थियो । त्यसका बाबजुत पनि उहाँले जुन मत ल्याउनु भएको छ, त्यसलाई कम आँक्न मिल्दैन् । कतिपय मानिसले त माधव नेपालले यत्रो मत ल्याउन सक्दैनन भनेका थिए । उहाँले सम्मानजनक मत प्राप्त गर्नुभएको छ ।

दुईप्यानलका समान पदाधिकारी हुनुहुन्छ । तपाईहरूकोे भुमिका कस्तो हुन्छ ?

नेतृत्वले प्यानल बनाए पनि त्यो कार्यकर्ताले रुचाएनन् । कार्यकताले दुवै टिममा समान जिम्मेवारी दिएका छन् । कार्यकर्ताले सही छनोट गरेका छन् । हिजोसम्म प्यानलको प्रतिस्पर्धा थियो भन, अब कामको प्रतिस्पर्धा हुनुपर्छ । हिजोका झिनामसिना कुरालाई बिर्सेर पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउनुपर्छ । नवनिर्वाचित अध्यक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजाने काम गर्नुभयो भने हाम्रो पुर्ण सहयोग र साथ रहन्छ ।
एमालेमा नयाँ नेतृत्व आएको छ । यसले कांग्रेससँगको सहकार्यमा कुनै असर पर्छ कि पर्दैन ?

कांग्रेससँगको सहकार्य माघ ८ गते संविधान जारी नहुँदासम्म जारी रहन्छ । संविधान जारी नहुँदासम्म कांग्रेससँगको सहकार्य आजको आवश्यकता हो । एमालेको नेतृत्वमा जो आए पनि दुईदलबीचको सहकार्यमा ुकनै वाधा उत्पन्न हुँदैन । अहिले मुलुकको सबैभन्दा ठुलो आवश्यकता भनेको संविधान निर्माण हो । जुन कुरा कांग्रेस, एमालेलगायत लोकतान्त्रिक शक्तिबीच सहकार्य हुँदामात्र संभव हुन्छ । सबै दललाई विश्वासमा लिएर संविधानका अन्र्तवस्तुमा सहमत गर्न पनि कांग्रेस–एमालेबीचको सहकार्य जारी रहन्छ ।


  •  
  •  
  •