काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिएका छन् ।
भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई आग्रह गरे ।
उनले विश्वमा कतै नभएका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा नेपालमा भएको भन्दै यहाँ घुमेर जिन्दगीभर सम्झनेगरी अद्भुत अनुभव लिन आग्रह गरे ।
नेपालमा दिगो शान्ति स्थापना हुने वातावरण बनेको र लगानीको लागि उत्तम गन्तव्य बन्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समेत उनले आग्रह गरे ।