भाषा,संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध : पर्यटनमन्त्री

66
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक रुपमा नै विभिन्न प्रतिष्ठानहरु गठन गरेको बताए ।

कतिपय जातिहरुको पहिचान र कतिपय भाषाहरु लोप हुन लागेकाले तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारले लिने पनि उनले बताए ।

भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुसी ब्यक्त गरे ।

संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
दिवसको अवसरमा बिहीबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित पर्यटन बोर्डको गेटबाट शुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, रत्नपार्क हुँदै जमलस्थित राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।


  •  
  •  
  •