‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल भ्रमण वर्षलाई प्रवर्द्धनमा सहयोग पुर्‍यानेछ’

75
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धनका लागि थप महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणको क्रममा दिएको अभिब्यक्तिले भ्रमण वर्षलाई प्रवर्द्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गरे ।

मन्त्री भट्टराईले चीन र दक्षिण एशीयाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पुर्याउने पनि बताए ।

सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै उनले दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने बताए ।


  •  
  •  
  •