पाँच वर्षभित्र निजगढ विमानस्थल तयार हुन्छ : पर्यटनमन्त्री भट्टराई

72
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उनले उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने समेत बताए ।

वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको समेत उनको जोड थियो ।
सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको उनले स्पष्ट पारे ।

मन्त्री भट्टराईले नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै निकट भविष्यमै दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताए ।

त्यस्तै युरोपेली संघले हवाई सेवाका लागि नेपाललाई कालो सूचीमा राखेको घटनाप्रति उनले दुःख व्यक्त गरे ।


  •  
  •  
  •