भारतको रांची स्थित झारखण्ड योग एसोसिएशनद्धारा जारी ‘झारखण्ड राज्य योग चैपियनशिप’ अन्तगर्त आज भएको प्रतियोगितामा प्रतियोगीले जमेर भाग लिए । परमहंस योगानन्द योगाश्रमको अग्रसरतामा भईरहेको प्रतियोगितामा ११ देखि १४ बर्षका बालीकाले आफ्नो योगकलाका माध्यमबाट अनेक आशनकाबारेमा जानकारी दिएका थिए ।
११ देखि १४ बर्ष, २१ देखि २५ बर्षको उमेर समूहका बिचमा भएको प्रतियोगतामा महिला तथा बालिकाले योगको महत्वलाई योगासनका माध्यमबाट बुझाएका थिए । आइतबारसम्म जारी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सहित समापन भएको छ । कस्तो—कस्तो योगासन देखाए बालीकाले हेरौ तस्विरमा