योग दिवस र महिला स्वास्थ

सन्दर्भ: विश्व योग दिवस
146
  •  
  •  
  •  

शर्मा थरकी ५४ वर्षकी मेरी एक साथीले मलाई केही दिन अघि भनिन् ‘मेरो काँध दुःखेको छ । गाडी चलाउन पनि गाह्रो छ । कम्प्युटरमा गर्नुपर्ने काम त मैले गर्न सकेकी छैन ।’ उनीले हड्डी विशेषज्ञ डाक्टर कहाँ गएर देखाएपछि उनलाई फिजीयोथेरापी गर्ने सल्लाह दिइयो । हात माथिसम्म चलाउन नसक्ने उनी फिजीयोथेरापी गरेपछि बिस्तारै हात चलाउन थालिन् ।

डा. अरुणा उप्रेती

उनको डाक्टरले घरमा नै गर्ने केही योगासान पनि सिकाएका थिए । तीनले भनेकी थिइन् , ‘म प्राय त योगासान गर्ने मान्छे नै हुँ । पछिल्लो केही समय धेरै यात्रा गर्दा गाह्रो भएको थियो । त्यही बेलामा मेरो कुइना र काँध बेसरी दुख्न पुग्यो ।’

मैले उनलाई सान्त्वना दिँदै भनेकी थिएँ । ‘दश वर्ष अघि मेरो पनि काँध एकदम दुखेको थियो मैले पनि फिजीयोथेरापी र योगासान गरेर नै ठीक पारेकी थिएँ । म त असाध्य दुखेर राती निन्द्राबाट बिउझिंदा पनि हातको योगासन गरिहाल्थें । त्यो बेलाको दुखाई सम्झेर म त बरु बिहानको खाना छोड्छु, योगासन त छोड्दिन । एकैछिन भएपछि गरिहाल्छु । हातको र गर्धनको योगासन त गाडीमा बस्दा, कुर्सिमा बस्दा, जहाँ पनि गर्न सकिन्छ ।’

‘हामी जस्तो आफ्नो स्वास्थको ध्यान राख्ने योगासन गर्ने मानिसको त यसरी हड्डी दुखेर दुःख दिन्छ भने, भविष्यमा अहिलेका केटाकेटीहरूको स्वास्थ कस्तो होला? उनीहरू त कम्प्युटरमा र्न बसेर दिन बिताउँछन् । घाममा बस्दैनन्, पत्रु खाना खान्छन् । अब त वास्तवमा सबै स्कुलमा योगासन सिकाउनुपर्ने हो । नत्र भने त अरबौ रुपैयाँ भविष्यमा अनेक रोगको लागि खर्च गर्नुपर्ने हुन्छ म र मेरी साथीले छलफल ग¥यौ ।

त्यो बेलामा मैले सम्झिएँ कि अहिले अफिस, ब्यांक, स्कुलमा काम गर्ने कतिपय महिलाहरू जिउ दुख्यो, ढाड दुख्यो, खुट्टा कटकट खायो, पिठ्यु दुख्यो भनेर अस्पतालमा जान्छन् ।

अफिसमा दिनभरी कम्प्युटरमा काम गर्ने महिलाले ढाड दुख्यो भनेपछि उनको काम गर्ने तरिका समय बसाई कस्तो छ भनेर सोधिंदैन ‘तपाइलाई क्याल्सियम र भिटामीन ‘डी’ को कमि भएको छ, यही खानुस्’ भनिन्छ । ‘तपाई आफ्नो कामको साथै स्वास्थको ध्यान राख्नुस्, व्यायाम योगासन गर्नुस् अफिसमा काम गर्दा पनि लगातार १ः३० घण्टा देखि २ घण्टा भन्दा बढी एकै ठाउँमा बसेर काम नगर्नुहोस् । उठेर हिड्नुहोस, सुक्ष्म योगासन गर्नुहोस् । तिनको लागि खासै ठाउँ पनि चाँहिन्न, ५ मिनेटमा भैहाल्छ’ भन्ने सल्लाह महिलाले पाउँदिनन् ।

योगासन वा व्यायाम गर्न वा घाममा बसेर आनन्द लिन उनहिरूलाई फुर्सत हुँदैन, यसले गर्दा उनीहरूलाई विभिन्न शारीरिक समस्या पर्छ । ‘बिरामी भएपछि आराम गर्न चाँही फुर्सत निकाल्नै पर्छ । बरु प्हिले नै यस्ता समस्या नहाउन भनेर रोकथाम गरे बुझेर संगै आउने समस्या शतप्रतिशत रोक्न नसके पनि धेरै कम त गर्न सकिन्थ्यो ।
आफुले कमाएको पैसा पछि बुढ्यौलीलाई चाहिन्छ भनेर पनि महिलाहरु वचत गर्छन । व्यांकमा व्याजमाराखेर जग्गा र सुन किनेर सुरक्षित राख्छन तर शरीरलाई सुरक्षित राख्न के गर्छौं ? घर, जग्गा, पैसा छ भनेर सुरक्षित महसूस गर्ने हामी यी सबै जोडजाम गरेको शरीर स्वस्थ राख्न कति समय दिन्छौं ?
समय दिने गरिन्न,,किनभने हामीहरु शरीरलाई सहजै रुपमा पाएको शरीरलाई के वास्ता गर्नु भन्ठान्छौ । यसका उदाहरणहरु तपाई हाम्रो जीवनमा पाइला पाइलामा देखिन्छ ।

महिनावारी सुकेपछि आदि बेलामा देखा पर्ने सक्ने केहि समस्याको पनि सहज तरिकाले समाधान गर्नमा योगासनले मद्धत गर्न सक्छ । तर कहिले योगासन नगर्ने, एक दुई दिन गरेपछि त ‘मलाई केही पनि फाइदा भएन’ भनेर छोडिदिने गरियो भनेर अवश्य पनि योगासनले केहि पनि मद्धत पु¥याउँदैन ।

योगासन, योगको एउटा पक्ष मात्र हो । जीवनमा खानपान, काम र आराम बीचको संतुलन, अनुशासन आदिले पनि महिलाको स्वास्थको लागि ठुलो भुमिका खेल्छ ।

तर योगासन गरेर महिलाको क्यान्सर निको हुन्छ , पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्दा चाँही आँखा चिम्लेर बिस्व्वाश नगर्नुहोस् किनभने योगासनले जीवनमा ठुलो भूमिका त खेल्छ तर सबै रोगहरु हरु र समस्या निको चाँही पर्न सक्दैन ।

डा.उप्रेतीको फेसबुकबाट

 


  •  
  •  
  •