यतिको विमान त्रिभुवन विमानस्थलमा चिप्लियो, यात्रु सकुशल

303
  •  
  •  
  •  

काठमाडौं— यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ।

नेपालगञ्जबाट ६६ यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान ११ः ५ बने धावनमार्गबाट

चिप्लिएर २० मिटर पर पुगेको हो। यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेको यतीले जनाएको छ।
जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। त्रिभुवन विमानस्थल सवा १२ बजेसम्मका लागि बन्द गरिएको विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् ।


  •  
  •  
  •