‘एस म्यान’को खोजी गर्दा एकीकरणको काम टुंगो लाग्न सकेन : नेपाल

360
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको बताएका छन् ।

 

फाइल तस्बिर

शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहाँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भैरहेको नेता नेपालको भनाइ छ ।
पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा उनको आपत्ति थियो ।

ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भए पनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको नेता नेपालको दावी थियो ।

पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाई छ ।


  •  
  •  
  •