भीरबाट खसेर राउटेका मुखिया ऐनबहादुरको मृत्यु

224
  •  
  •  
  •  

yenbahadur-shahi-rauteकाठमाडौ, १३ पुस(ओएनएस) :  दैलेखका राउटे मुखिया ऐनबहादुर शाहीको भीरबाट खसेर मृत्यु भएको छ । तल्लो डुङ्गेश्वर-मालिका गाविस जोड्ने झोलुङ्गे पुल नजिकको भीरबाट लडेर शुक्रबार साँझ घटनास्थलमा नै शाहीको मृत्यु भएको हो ।

लोहोरेखोला किनारमा अवस्थित बस्ती जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । अत्याधिक मदिरा सेवनका कारण भीरबाट लडेको प्रहरीले जनाएको छ । करिब ४५ वर्षीय ऐनबहादुरको मृत्यु भएको खबरपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा मुचुल्का उठाउन राउटेहरूले मानेपछि त्यहाँका एक पत्रकारले मनाएपनि पोष्टमार्टम भने गर्न दिएनन् । राउटेको मृत्युमा प्रहरीले मुचुल्का गराएको यो पहिलो घटना भएको बताइएको छ ।

राउटेहरूले शवलाई कुनै हालतमा जिल्ला लैजान नदिने बरू आफूहरूले गोली खाने बताएपछि प्रहरीले शाहीको शवलाई राउटे बस्तिमा नै छाडेको थियो ।


  •  
  •  
  •