सभासदलाई सिधै ५ करोड नदिन वाइसिएलको आग्रह

145
  •  
  •  
  •  

काठमाडौं ,२४ असार (ओएनएस) । एमाओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले सभासदको सिफारिसमा खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषमार्फत पाँच करोड नदिन अर्थमन्त्री डा रामशरण महतसँग आग्रह गरेको छ ।

सभासदलाई सिधै ५ करोड दिँदा रकम दुरुपयोग हुने भन्दै वाइसिएललले यस्तो आग्रह गरेको हो । वाइसिएलका केन्द्रिय सदस्य तथा सभासद गणेशमान पुनले भने, ‘यसरी रकम दिदा व्यक्तिगत प्रायोजनका लागि प्रयोग हुनसक्छ, सिधै सभासदलाई रकम नदिइ निश्चित कानुन बनाएर बजेट बाँड्नु पर्छ ।’

पुन नेतृत्वको वाइसिएल प्रतिनिधि मण्डलले मंगलबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा महतलाई ज्ञापनपत्र बुझाएको थियो । वाइसिएलले युवा केन्द्रित कृषि पर्यटन, उर्जालगायत क्षेत्रमा न्यूनतम १ खर्व बजेट छुट्याउनुपर्ने माग राखेको उनले जानकारी दिए । अर्थमन्त्री डा महतले अहिले युवाहरुलाई स्वदेशमै रोजगारी चाहिएको र सरकारले बजेटमार्फत युवाको उर्जालाई सदुपयोग गर्ने कार्यक्रम ल्याउने तयारी गरेको बताएका थिए ।

सो अवसरमा स्थानीय निकायमा बजेट नपुगेको भन्दै त्यसलाई बढाउन समेत आग्रह गरेका छन् । पुनले कृत्रिम अभाव, कालोबजारीलाई नियन्त्रण गरी मूल्यबृद्वि नियन्त्रण गर्न माग गरे । सभासदहरुलाई गाडी, आवासलगायत सुविधा उपलब्ध गराएर दुखी राष्ट्रका सुखभोगी सभासद नवनाउन समेत आग्रह गरेका छन् ।


  •  
  •  
  •