वाईसीएल लाठी बोकेर सडकमा निस्कियो (फोटोफिचर)

259
  •  
  •  
  •  

काठमाडौं, १२ फागुन (ओएनएस)  :  आगामी फागुन १६ गते गर्न लागेको प्रदर्शनअघि एमाओवादीले शक्ति प्रदर्शन गरेको छ । माओवादीको युवा संगठन वाईसीएलले मंगलबार भृकुटीमण्डपमा लाठीसहित मार्च पास गरेको हो ।

सत्तापक्षले जबरजस्ती संविधानको प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा आन्दोलनमा छ । प्रदर्शनमा करिब २ हजार वाइसीएल कार्यकर्ता लाठी बाकेर सत्तापक्षबिरुद्ध चर्काे र आक्रमक नारा लगाएका थिए ।

उनीहरुले विगतमा भएका सम्झौता अनुरुप संविधान बनाउनको लागि दबाब दिन प्रदर्शन गरिएको वाईसीएल प्रदर्शन दिउँसो सुरु भएर साढे ३ बजे सकिएको थियो ।

Ycl 1 Ycl (1) Ycl (2) Ycl (3) Ycl (4) Ycl (5) Ycl (6)


  •  
  •  
  •