१३ लाखले काठमाण्डौं छोडे

91
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) :  दशै सुरु भएलगतै घर फर्कने यात्रुको चाप बढेको छ । बिहीवार घटस्थापनाको दिन मात्र उपत्यकाबाट करिव ८५ हजार यात्रु बाहिरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार हिजो अस्ती दैनिक ६० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए । कामकाजी मानिसहरुको विदा सुरु भएकोले बाहिरिने संख्यामा बृद्वि भएको हो ।

विभागका अनुसार भदौ २५ गतेदेखि हालसम्म १३ लाख भन्दा बढी यात्रु बाहिरीसकेका छन् । साथै काठमाडौंबाट दैनिक ३ हजार सवारी बाहिरीने गरेको विभागले जानकारी दिएको ।


  •  
  •  
  •